तीन दिनभित्र विद्यालय फर्कन आन्दोलनरत शिक्षकहरूलाई सर्वोच्चको आदेश

काठमाडौं। आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्किन सर्वोच्च अदालतले आदेश दिएको छ।बिहीबार न्यायाधीश नहकुल सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्दै तीन दिनभित्र विद्यालय फर्किन भनेको हो। ‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित […]

एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय

काठमाडौं । अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बन्द हुने भएको छ । विकासशील देशहरूसँग साझेदारी गरेर आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने सो संस्थालाई एलन मस्क नेतृत्वको अमेरिकी सरकारी दक्षता विभाग (डज)ले बन्द गर्ने निर्णय गरेको हो । अमेरिकी सरकारको डज विभागले मंगलबार सबै कर्मचारीलाई पठाएको इमेलमा एमसीसी अनुदान सहयोग बन्द हुने व्यहोरा उल्लेख रहेको […]

देशभर गर्मी बढ्न थाल्यो, तातो हावा चल्न सक्ने

काठमाडौं । देशभर गर्मी बढ्न थालेको छ । आगामी दिनमा अधिकतम तापक्रम अझै बढ्ने सम्भावना छ । गर्मी बढेसँगै तातो हावाको लहर चल्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार आगामी तीन दिनसम्म पानी पार्ने वा बादल लाग्ने नयाँ मौसमी प्रणाली छैन । […]

कक्षा १२ को परीक्षा स्थगित

काठमाडौँ । कक्षा १२ को परीक्षा स्थगित भएको छ । बैशाख ११ देखि सुरु हुने परीक्षा तत्कालका लागि स्थगित भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सिदेखि सुरु हुने परीक्षा स्थगित गर्न बोर्डका पदाधिकारीहरुलाई निर्देशन दिएका थिए। बोर्डका पदाधिकारीहरुलाई बालुवाटार बोलाएर अहिले साँझ प्रधानमन्त्री ओलीले परीक्षा सार्न निर्देशन दिएसँग बोर्डले […]

कक्षा १२ को परीक्षा नरोकिने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोकिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण कतिपयले कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा शंका गरेका थिए । शिक्षा ऐन जारी […]

आफैंलाई गोली हानेका आचार्यको घटनास्थलमै मृत्यु

दाङ । दाङमा गोली हानेर एकजनाले आत्महत्या गरेका छन्। नेपाल रेडक्रस सोसाइटी दाङका पूर्व अध्यक्ष नारायण प्रसाद आचार्यले आफैंलाई गोली हानी आत्महत्या गरेका हुन् । तुलसीपुर-७ मोतिपुर निवासी अन्दाजी ८० वर्षीय आचार्यले आज दिउँसो आफ्नै घरमा रहेको १२ बोर दुई नाले बन्दुकले छातीमा गोली हानेर आत्म हत्या गरेको प्रहरीले जनाएको छ । घटना बारे थप […]

राप्रपा अध्यक्ष लिङ्देनसहित नेताहरु पक्राउ

काठमाडौं। राप्रपा अध्यक्ष लिङ्देनलगायत नेताहरू सिंहदरबार भित्रैबाट पक्राउ परेका छन् । सिंहदरबारभित्रै तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने माग लेखिएका पम्प्लेट बोकेर प्रदर्शन गरेपछि प्रहरीले आइतबार दिउँसो नेताहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेताहरू बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाहीसमेत छन् । उनीहरूलाई भ्यानमा हालेर प्रहरीले लगेको छ। राप्रपाले आज बिजुलीबजार क्षेत्रमा प्रदर्शनको कार्यक्रम राखेको थियो […]

बुटवलमा एक युवतीमाथि गोली प्रहार

बुटवल । बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–११ बुद्धनगरमा बस्ने टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । उनको कम्मर माथि गोली लागेको छ। विष्ट पाल्पा जिल्लाको रैनादेवि छहरा घर भई हाल बुटवल ११ बुद्ध नगर खाजा घर सञ्चालन गरेकी थिइन् । विहान ९ः३० बजेतिर मोटरसाइकलमा आएका युवाले […]

दाङ देउखुरीमा सबैभन्दा धेरै बर्षा

दाङ। दाङ देउखुरीको लालमटियामा सबैभन्दा धेरै पानी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार लालमटियामा एक घण्टाको अवधिमा ४६ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी लमहीमा ३५.६ र बगासोतीमा २५.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ । हाँसीपुरमा १७.६ मिलिमिटर र कोइलाबासमा १३.८ मिलिमिटर पानी परेको छ । पश्चिम नेपालका भूभागबाट पानी पार्ने […]

सुनको मूल्य तोलामा १ लाख ९० हजार बढी

काठमाडौं । सुनको मूल्य तोलामा १ लाख ९० हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन ३ हजार ६ सयले बढ्दा सुनको भाउ प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ तोकेको हो । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन प्रतितोला १ लाख ८७ हजार रुपैयाँ थियो । अमेरिका र […]