राप्रपा अध्यक्ष लिङ्देनसहित नेताहरु पक्राउ

अन्य ट्रेन्डिङ राजनीति समाचार

काठमाडौं। राप्रपा अध्यक्ष लिङ्देनलगायत नेताहरू सिंहदरबार भित्रैबाट पक्राउ परेका छन् ।

सिंहदरबारभित्रै तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने माग लेखिएका पम्प्लेट बोकेर प्रदर्शन गरेपछि प्रहरीले आइतबार दिउँसो नेताहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेताहरू बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाहीसमेत छन् । उनीहरूलाई भ्यानमा हालेर प्रहरीले लगेको छ। राप्रपाले आज बिजुलीबजार क्षेत्रमा प्रदर्शनको कार्यक्रम राखेको थियो ।

राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरु भने सिंहदरबारस्थित पार्टी दलको कार्यालयमा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *