रुकुमपश्चिममा जीप दुर्घटना : मृतक ७ मध्ये ६ जनाको सनाखत

रुकुम पश्चिम । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा भएको जिप दुर्घटनामा मृत्यु भएका ७ जनामध्ये ६ जनाको परिचय खुलेको छ । मृत्यु हुनेमा रूकुमपश्चिम आठबिसकोट नगरपालिका–२ स्यालाकी ३० वर्षीया कमला ओली, आठबिसकोट नगरपालिकाकै १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका ओली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीया गोपाल ओली रहेका […]

आज भाइटीका, उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा

काठमाडौँ । तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैटौँ दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई […]

एकैदिन सुनको भाउ तोलामा ७ हजार १ सय बढ्यो

काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ७ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ५० हजार ९ सय रुपैयाँ तोकिएको थियो । विगत एक महिनामा नेपाली बजारमा सुनको भाउ प्रतितोला ४३ […]

दसैँ सकिए पनि ‘सखिया नाच’ को रौनकता कायमै

दाङ। दसैँ सकिए पनि थारु गाउँबस्तीमा नाचिने ‘सखिया नाच’ को रौनक भने अझै सकिएको छैन । दसैँभन्दा अघि सुरु भएको सो नाच दसैँ सकिएपछि पनि बाँके र बर्दियाका थारु गाउँबस्तीमा अझै जारी छ । सखिया नाचिने थारू गाउँमा दसैँ सकिए पनि सो नाच अझै जारी नै रहेको बाँके मैटहवाका थारु अगुवा राजेन्द्र थारु जानकारी दिए […]

देशभर कुनै मौसम प्रणालीको प्रभाव छैन

काठमाडौं। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको […]

एटिएमबाट दैनिक ५० हजार मात्र झिक्न पाइने

काठमाडौं । राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने भएको छ। यसअघि दैनिक १ लाख झिक्न पाइने व्यवस्था रहेकोमा अब कार्डबाट एकपटकमा २० हजार‌‌ मात्र‌ झिक्न पाइने व्यवस्था गरेको हो। यसअघि २५ हजार मात्र झिक्न पाइने व्यवस्था थियो। त्यस्तै अब एक महिनामा तीन लाख मात्र‌ […]

दसैंपछि भारी वर्षा हुने सम्भावना

काठमाडौं। यसपालिको दसैंपछि भारी वर्षा हुने मौसमविदहरुले बताएका छन्। अहिले पनि गण्डकी र लुम्बिनीका केही स्थानमा पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार (नवमी) र बिहीबार (दशमी) को दिन पनि उल्लेख्य वर्षाको सम्भावना व्यक्त गरेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी र तराई भू–भागका […]

टी-२०आई खेलमा वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित

काठमाडौं । नेपालले वेस्ट इन्डिजसँगको पहिलो टी-२०आई खेलमा ऐतिहासिक जित निकालेको छ । शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो । नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो । नविन विदायसीले सर्वाधिक २२ रन बनाए । अमिर जाङ्गो र किएसी कार्टीले […]

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आइतबार प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा खरिदबिक्री भएकोमा आज ७०० रुपैयाँ बढेको छ । आज सुन प्रतितोला मूल्य २ लाख १७ हजार ८०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज चाँदी प्रतितोला २ हजार ६५० रुपैयाँमा खरिद बिक्री […]

३ बजेसम्म मुग्लिन–नारायणगढ सडक खुल्ने सम्भावना

चितवन । मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ रहेको तुइन खोलाको पूर्वतर्फको भागमा निरन्तर पहिरो झरिरहेको कारणले झण्डैं ३८ घण्टादेखि बन्द रहेको मुग्लिन नारायणगढ सडकखण्ड खुलाउने प्रयास जारी छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज बिहान ६ बजेदेखि नै पहिरो पन्छाउने काम जारी छ । कार्यालयका इन्जिनियर कृष्ण आचार्यका अनुसार सुख्खा पहिरो झर्ने क्रम रोकिए आज […]