रुकुमपश्चिममा जीप दुर्घटना : मृतक ७ मध्ये ६ जनाको सनाखत

अन्य ट्रेन्डिङ समाचार

रुकुम पश्चिम । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा भएको जिप दुर्घटनामा मृत्यु भएका ७ जनामध्ये ६ जनाको परिचय खुलेको छ ।

मृत्यु हुनेमा रूकुमपश्चिम आठबिसकोट नगरपालिका–२ स्यालाकी ३० वर्षीया कमला ओली, आठबिसकोट नगरपालिकाकै १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका ओली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीया गोपाल ओली रहेका छन् ।

प्रहरीका अनुसार मृतक एक जना महिलाको सनाखत हुन सकेको छैन । दुर्घटनामा परेर १० जना घाइते भएका छन् । घाइतेहरूको परिचय खुलेको छैन ।

घाइतेहरूलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले पठाइएको छ । जीप सडकदेखि ७०० मिटर तल खसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *