पर्यटन प्रवर्द्धनका लागि रारा महोत्सव हुने

मुगु । मुगुमा कला, संस्कृति भेषभुषा र पर्यटनको उत्सवसहित प्रथम रारा महोत्सव हुने भएको छ । कर्णालीको प्रमुख पर्यटकीयस्थल राराको पर्यटन प्रवर्द्धन र मुगु जिल्लाको कला संस्कृति भेषभुषाको संरक्षण र प्रचारप्रसारका लागि प्रथम रारा महोत्सव हुने भएको हो । छायाँनाथ रारा नगरपालिकाको संरक्षणमा र एच. आर. मिडिया हाउस प्रालिको आयोजनामा प्रथम रारा महोत्सव गर्न लागेको […]

तुलसीपुर–२ की भुमा ठाडालाई समाजसेवीद्वारा टिन सहयोग

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं २ एकता टोल बिकास संस्था निवासी भुमा ठाडाको परिवारलाई टिन सहयोग गरिएको छ । ठाडाका परिवारलाई टोलवासी र विभिन्न समाजसेवीहरूको सहयोगमा घर निर्माणका लागि आवश्यक टिन सहयोग गरेका हुन् । केही महिना अघि वैदेशिक रोजगारीको क्रममा श्रीमानको मृत्यु भएपछि भुमा ठाडाको परिवार आर्थिक संकटमा परेका थिए। बसोबास गर्ने घर […]

तुलसीपुर कप खुला पुरुष फुटबल प्रतियोगिता हुने

लक्ष्मण बस्नेत, दाङ । दाङमा प्रथम तुलसीपुर कप खुला पुरुष फुटबल प्रतियोगिता २०८२ हुने भएको छ ।तुलसीपुर ब्वाइजको आयोजनामा अरनिको खेल मैदान तुलसीपुरमा संचालन हुने प्रतियोगिता यहि जेठ २० गते देखि सुरु हुनेछ । स्थानीय स्तरमा फुटबल खेलको बिकाससंगै नव प्रतिभावान खेलाडीको पहिचान र प्रवर्द्धन गर्न आयोजना गरिएको प्रतियोगिताको बिजेता, उपबिजेता टिमलाई क्रमशः नगद पचास […]

तुलसीपुर–कपुरकोट सडक एक साताका लागि दैनिक ६ घण्टा बन्द

दाङ । राप्ती राजमार्ग अन्तर्गत तुलसीपुरको राम्रीदेखि कपुरकोटको चोरखोला सडकखण्ड स्तरवृद्धि तथा कालोपत्रे गर्नका लागि आज बुधबारदेखि एक साताका लागि दैनिक ६ घन्टा बन्द गरेको छ । डिभिजन कार्यालय दाङ र जिल्ला प्रशासन कार्यालय सल्यानले सूचना जारी गरी नियमित रुपमा सञ्चालन हुँदै आएका सवारीका कारण निर्माणको काम प्रभावित भएपछि राप्ती राजमार्ग एक साताका लागि बन्द […]

सुनको मूल्य एकैदिन तोलामा ५ हजार रुपैयाँ बढ्यो

काठमाडौँ । बुधबार एकैदिन सुनको मूल्य तोलामा ५ हजार रुपैयाँ बढेको छ । मंगलबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार बढेर तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको चाँदीको […]

विश्व पौडेललाई गभर्नर बनाउने सहमति

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर प्रा.डा. विश्वनाथ पौडेललाई बनाउने सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर नियुक्त गर्नेगरी सहमति जुटेको स्रोतले जानकारी दिएको छ । यसअघि गभर्नर कसलाई बनाउने भन्नेबारे कांग्रेस र एमालेबीच विवाद हुँदै आएको थियो । सहमतिसँगै आजै गभर्नर सिफारिस समितिको बैठक बोलाइएको […]

कास्की केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं । मंगलबार कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको सिनुवा आसपास क्षेत्रमा ४.७ म्याग्निच्यूडको भूकम्पको धक्का महसूस भएको हो । भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार दिउँसो १ बजेर ५९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको धक्का कास्कीसहित तनहुँ, बागलुङ, पर्वतलगायतका जिल्लामा […]

१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हुँदै

लक्ष्मण बस्नेत, दाङ । दाङ जिल्ला अन्तरपालिका स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । दाङ जिल्ला खेलकुद बिकास समिति बेल्झुन्डीको आयोजना तथा प्रदेश खेलकुद परिषद लुम्बिनीको तत्तावधानमा यहि जेठ १५ गतेदेखि प्रतियोगिता सुरु हुनेछ । जिल्ला खेलकुद बिकास समितिको आइतबार बसेको खेल सम्बन्ध संघका अध्यक्ष तथा प्रतिनिधि र कर्मचारी सहभागी बैठकले […]

महिला टी–२० विश्वकप : नेपाल ग्लोबल क्वालिफायरमा

काठमाडौं । नेपाल आईसीसी टी–२० महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट भएको छ । सोमबार सुपर ३ अन्तर्गत यूएईसँगको खेल जित्दै नेपालले ग्लोबल छनोटमा स्थान बनाएको हो । थाइल्याण्डको बैंककमा जारी एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्रीमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई ५ विकेटले हराउँदै नेपाल पहिलोपटक ग्लोबल छनोटमा पुगेको छ । यूएईले दिएको ११५ रनको लक्ष्य […]

नेप्से परिसूचक २६०९ अंकमा

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २.७९ अंक घटेको छ । सो कमीपछि नेप्से परिसूचक २६०९ अंकमा कायम भएको छ । आजसहित लगातार छैटौं दिन सेयर बजार घटेको हो । बजारको अंक घट्दा पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ७ अर्ब ८ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५० […]