दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं २ एकता टोल बिकास संस्था निवासी भुमा ठाडाको परिवारलाई टिन सहयोग गरिएको छ । ठाडाका परिवारलाई टोलवासी र विभिन्न समाजसेवीहरूको सहयोगमा घर निर्माणका लागि आवश्यक टिन सहयोग गरेका हुन् ।
केही महिना अघि वैदेशिक रोजगारीको क्रममा श्रीमानको मृत्यु भएपछि भुमा ठाडाको परिवार आर्थिक संकटमा परेका थिए। बसोबास गर्ने घर र दैनिक खानपानको जोहो समेत गर्न नसक्ने अवस्थाबीच गाउँका छरछिमेकीले केही समयसम्म खानेकुरा र बस्ने ठाउँको सहयोग गर्दै आएका थिए।
अहिले घर निर्माणको काम थालिए पनि टिनको अभाव भएको खबर पाएपछि तुलसीपुर वडा नम्बर २ का वडा अध्यक्ष भिम योगीको प्रमुख आतिथ्यतामा, वडा सदस्य हुमा घर्तीको उपस्थितिमा, एकता टोल विकास संस्थाका अध्यक्षको रोबरमा आज बिहान टिन सहयोग हस्तान्तरण गरिएको हो।

लायन्स क्लव अफ दाङका पूर्वअध्यक्ष सुरेश हमालको तर्फबाट रु १२ हजार ६ सय, क्लबका वर्तमान अध्यक्ष गोरख ओलीको तर्फबाट रु ५ हजार, तुलसीपुर निवासी खिमा पुनको तर्फबाट रु ७ हजार ५ सय र गणेश भण्डारीको रु ५ हजार गरी जम्मा रु ३० हजार संकलन गरिएको थियो। सो रकमबाट १२ फुटे ३६ गेजका २० पिस टिन खरिद गरी भुमा ठाडाको घरमै पुगी हस्तान्तरण गरिएको हो।
सहयोगी मनहरूद्वारा गरिएको यो कार्यले संकटमा परेका परिवारलाई राहत मिल्नुका साथै समुदायमा पारस्परिक सहकार्य र मानवता झल्काएको छ।
