लक्ष्मण बस्नेत, दाङ । दाङमा प्रथम तुलसीपुर कप खुला पुरुष फुटबल प्रतियोगिता २०८२ हुने भएको छ ।तुलसीपुर ब्वाइजको आयोजनामा अरनिको खेल मैदान तुलसीपुरमा संचालन हुने प्रतियोगिता यहि जेठ २० गते देखि सुरु हुनेछ ।
स्थानीय स्तरमा फुटबल खेलको बिकाससंगै नव प्रतिभावान खेलाडीको पहिचान र प्रवर्द्धन गर्न आयोजना गरिएको प्रतियोगिताको बिजेता, उपबिजेता टिमलाई क्रमशः नगद पचास हजार र पच्चीस हजार साथमा कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ वेष्ट प्लेयर खेलाडीलाई नगद तिन हजार, ट्रफी, वेष्ट डिफेन्स, वेष्ट किप्पर र हाई स्कोरलाई ट्र्फी तथा प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याचलाई ट्रफीको ब्यबस्था गरिएको प्रतियोगिताका संयोजक फर्सा घर्तीमगरले जानकारी दिए ।
संयोजक घर्तीका अनुसार पाँच दिनसम्म चल्ने प्रतियोगितामा १२ बढी टिमको सहभागिता रहनेछ ।प्रतियोगितामा सहभागी हुने टिमले जेठ १८ गतेसम्म टिम दर्ता गर्नुपर्ने र दर्ता शुल्क पाँच हजार रुपैयाँ निर्धारण गरिएको छ । खेल नकाउट प्रणालीका आधारमा खेलाईने छ ।
