डिजेल र मट्टितेलको भाउ घट्यो

काठमाडौँ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टितेलको भाउ प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको छ। निगमले सोमबार जारी गरेको विज्ञप्तिअनुसार भारतबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलको भाउ प्रतिलिटर ४५ पैसा बढेर आएको थियो । यस्तै डिजेल तथा मट्टितेलको भाउ भने प्रतिलिटर २ रुपैयाँ १५ पैसा घटेर आएको थियो । सोहीअनुसार पेट्रोलको भाउ […]

तीनकुने घटना : धवल र रवीन्द्रसहित ११ जनालाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । तीनकुने घटनामा पक्राउ परेका राप्रपाका नेताद्वय धवलशमशेर राणा र रवीन्द्र मिश्रसहित ११ जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । न्यायाधीश तारादेवी महर्जनको इजलासले नेताद्वयसहित ११ जनालाई राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई ५ दिनको म्याद दिएको हो । यस्तै अदालतले अन्य ३० जनालाई आपराधिक उपद्रवसम्बन्धी कसुरमा ५ दिन हिरासतमा राख्न […]

तीनकुने घटनामा ज्यान गुमाएकालाई शहीद घोषणा गर्न राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार तीनकुनेको घटनामा ज्यान गुमाएका दुई जनालाई शहीद घोषणा गर्न माग गरेको छ । शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले शहीद घोषणा गर्नुपर्ने बताएका हुन् । ‘हिजोको घटनामा ज्यान गुमाएका दुवै जनालाई शहिद घोषणा गर्न सरकारसँग माग गरेका छौं,’ लिङ्देनले भने । […]

पत्रकार बुढाको शब्दमा ‘पर्खाइमा नेपाल आमा’ गीत सार्वजनिक

तुलसीपुर । पत्रकार यज्ञबहादुर बुढाको शब्दमा रहेको ‘पर्खाइमा नेपाल आमा’ गीत सार्वजनिक भएको छ । शुक्रबार तुलसीपुरस्थित रिपोर्टर्स क्लवमा एक कार्यक्रमकाबीच ग्राफिक मिडिया स्टुडियो युट्युव च्यानलबाट गीत सार्वजनिक गरिएको हो । रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको सभापतित्व तथा जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख […]

गणतन्त्रवादी र राजावादीले प्रदर्शन : दुई समूहलाई भेट हुनै नदिने

काठमाडौं । काठमाडौंको संघीय राजधानीमा शुक्रबार दुईवटा ठूला प्रदर्शन हुने भएका छन् । एकातर्फ गणतन्त्र पक्षधरहरूको प्रदर्शन रहनेछ भने अर्कातर्फ राजसंस्था पुनर्स्थापनाका पक्षधरहरूको । गणतन्त्रवादीहरूको प्रदर्शन चार दलीय समाजवादी मोर्चाले नेतृत्व गर्नेछ भने राजावादीहरूको प्रदर्शन राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले गर्नेछ । पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादी घटकहरू पछिल्लो समय सक्रिय भइरहेका छन्, जसका कारण […]

संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक जारी

काठमाडौं । संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक सिंहदरबारमा जारी छ । नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बैठक बसिरहेको छ । बैठकमा गणतन्त्रको पक्षमा चैत १५ गते काठमाडौंमा गर्ने प्रदर्शन र सभा लगायतका विषयमा छलफल भइरहेको एक नेताले बताए । बैठकमा सरकारका कामकारबाही र समसामयिक राजनीतिका विषयमा पनि छलफल हुने बताइएको छ । […]

तुलसीपुरमा लागूऔषध दुर्व्यसनी न्यूनीकरण र नैतिक शिक्षा सम्बन्धी तालिम सुरू

दाङ । तुलसीपुरमा लागूऔषध दुर्व्यसनी न्यूनीकरण र नैतिक शिक्षा सम्बन्धी तालिम सुरु भएको छ। तुलसी सामाजिक विकास केन्द्रको आयोजना र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को सहयोगमा दुई दिने तालिम आजदेखि सुरु भएको छ । केन्द्रका अध्यक्ष ओदबहादुर भण्डारी (गणेश)को अध्यक्षता तथा तुलसीपुर वडा नम्बर ६ का वडाध्यक्ष दुजमान भण्डारी (वर्षात)को प्रमुख आतिथ्यमा तालिम उद्घाटन […]

विद्युत् प्राधिकरणकाे कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रिपरिषद् बैठकबाट नियुक्त भएका शाक्यले मंगलबार साँझ प्राधिकरणको कार्यालयमा पदभार ग्रहण गरेका हुन् । सरकारले कार्यकारी निर्देशकबाट घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गरेको थियो । लगत्तै उनको नियुक्ति प्रमाणित भएर आएपछि नियुक्तिपत्र लिएका थिए ।

दाङमा प्लाइ उद्योगमा आगलागी, आगो अझै नियन्त्रणमा आएन

घोराही। दाङको घोराही उपमहानगरपालिका-९ खैरास्थित सांग्रिला प्लाई उद्योगमा गए राति भीषण आगलागी भएको छ। प्रारम्भिक जानकारीअनुसार विद्युत सर्ट भई आगलागी भएको बताइएको छ। आगलागीका कारण उद्योगमा रहेका प्लाई उत्पादनका लागि प्रयोग हुने काठ, कच्चा पदार्थ, मेसिनलगायतका सामग्री जलेर नष्ट भएका छन्। राति करिब १:३० बजेबाट सुरु भएको आगलागी अहिलेसम्म पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। […]

आजदेखि एसइई सुरु, ५ लाख बढी विद्यार्थी सहभागी

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि परीक्षा सुरु भएको हो । पहिलो दिन आज अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याङमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार यसपटक ५ लाख १४ हजार […]