आज भाइटीका, उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा

काठमाडौँ । तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैटौँ दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई […]

दसैँ सकिए पनि ‘सखिया नाच’ को रौनकता कायमै

दाङ। दसैँ सकिए पनि थारु गाउँबस्तीमा नाचिने ‘सखिया नाच’ को रौनक भने अझै सकिएको छैन । दसैँभन्दा अघि सुरु भएको सो नाच दसैँ सकिएपछि पनि बाँके र बर्दियाका थारु गाउँबस्तीमा अझै जारी छ । सखिया नाचिने थारू गाउँमा दसैँ सकिए पनि सो नाच अझै जारी नै रहेको बाँके मैटहवाका थारु अगुवा राजेन्द्र थारु जानकारी दिए […]

बरुवागाउँ भुह्याँर थान उद्घाटन

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित बरुवागाउँ भुह्याँर थानको उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमकाबीच भुह्याँर थानको उद्घाटन गरिएको हो । भूह्याँर थानको प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शिला लेख खोलेर उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिल्लीबहादुर चौधरीले भुह्याँर थानको ऐतिहासिक र सांस्कृतिक महत्वका बारेमा प्रकाश […]

हरितालिका तीज : आज दर खाने दिन

काठमाडौं । हरितालिका तीजको अघिल्लो दिन अर्थात् आज दर खाने दिन हो । आज परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न परिकारको दर खाँदै रमाइलो गर्ने चलन छ । दर खाएको भोलिपल्ट तीजको दिन निराहार व्रत बस्ने चलन भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएको खानेकुरा खाने चलन छ ।हरितालिका तीजको अघिल्लो दिन […]

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

दाङ । पश्चिम तराईका थारु समुदायले आइतबार (आज) विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदै छन् । यो पर्व उनीहरूका लागि महत्त्वपूर्ण पर्व हो । शनिवार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने तथा आइतबार बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन सो समुदायमा छ । […]

आज नागपञ्चमी मनाइँदै

काठमाडौँ । आज नागपञ्चमी पर्व मनाइदै छ। परम्पराअनुसारा नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं […]

तुलसीपुरमा शृङ्गारिक महा-आरती सप्ताह महा-महोत्सव सुरु

लक्ष्मण बस्नेत, तुलसीपुर । दाङको तुलसीपुरमा आजदेखि तुलसीपुर शृङ्गारिक महा-आरती धर्म जागरण सप्ताह महा-महोत्सव २०८२ सुरु भएको छ । श्री सिद्ध रत्ननाथ मन्दिरमा बहुउद्देश्यीय हल निर्माणका लागि मन्दिर प्राङ्गणमा आयोजना गरिएको सप्ताह महा-महोत्सवको तुलसीपुर उपमहानगरपालिका वडा ५ का वडा अध्यक्ष बिरेन्द्र कुमार शाहले दिप प्रज्वलन गरि उद्घाटन गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष शाहले […]

लाइसेन्स दिने तयारीपछि कर्मकाण्ड र ज्योतिष कक्षा लिनेको भीड

काठमाडौं । पुराण वाचक, ज्योतिषी कर्म र कर्मकाण्ड गर्ने ब्राह्मणको परीक्षा नै लिएर लाइसेन्स दिने तयारी सुरु भएपछि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा प्रशिक्षण लिनेको भीड बढेको छ । प्रशिक्षण लिन चाहनेको लाम लाग्न थालेपछि चैतदेखि छ महिने कार्यक्रम सुरु गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । ज्योतिष र कर्मकाण्ड प्रशिक्षण लिन चाहनेहरू […]

लिटिल फ्लावर मावि बिजौरीमा गायत्री महायज्ञ

श्रीराम दहित, बिजौरी । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ स्थित लिटिल फ्लावर माध्यमिक विद्यालयमा पञ्च कुण्डीय गायत्री महायज्ञ भएको छ।गायत्री परिवार दाङ्गको आयोजन तथा लिटिल फ्लावरको व्यवस्थापनमा, शिक्षक तथा बिद्यार्थीहरुमा सकारात्मकता जागृत र स्मरण शक्तिको वृद्धि गर्ने उद्देश्यले एक दिवसीय पञ्च कुण्डीय गायत्री महायज्ञ सम्पन्न भएको हो। किशोर अवस्थाका बालबालिकाहरुमा सकारात्मक सोंच तथा स्मरण शक्ति […]

आज शेर्पा समुदायको ग्याल्पो ल्होसार

काठमाडौं । हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम गरी मनाइँदै छ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ […]