डिजेल र मट्टितेलको भाउ घट्यो

अन्य अर्थ ट्रेन्डिङ व्यवसाय समाचार

काठमाडौँ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टितेलको भाउ प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको छ।

निगमले सोमबार जारी गरेको विज्ञप्तिअनुसार भारतबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलको भाउ प्रतिलिटर ४५ पैसा बढेर आएको थियो ।

यस्तै डिजेल तथा मट्टितेलको भाउ भने प्रतिलिटर २ रुपैयाँ १५ पैसा घटेर आएको थियो । सोहीअनुसार पेट्रोलको भाउ कुनै घटबढ नभएपनि डिजेल तथा मट्टितेल को भाउ घटाउने निर्णय भएको निगमको भनाइ छ ।

जसअनुसार अब काठमाडौँमा डिजेलको भाउ प्रतिलिटर १४९ रुपैयाँ कायम भएको छ । बढेको मूल्य मंगलबारदेखि लागू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *