राप्रपाका वरिष्ठ नेता एवं सांसद बोहराको निधन

अन्य राजनीति समाचार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं सांसद दीपक बोहराको निधन भएको छ ।पूर्वमन्त्री समेत रहेका बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको उनका स्वकिय सचिव तारामणि चन्दले जानकारी दिए ।

कोरोना महामारीका बेला गम्भीर बिरामी भएका उनी त्यतिबेलादेखि नै घाँटीसम्बन्धी समस्याबाट पीडित थिए । जसबाट उनी अहिले बोल्न नसक्ने अवस्थामा थिए ।

उनी रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् ।उनी चुनावको बेलामा पनि बोल्न नसक्ने अवस्थामा थिए । नबोलेरै उनी निर्वाचित भएका थिए । संसदमा पनि उनले बोलेनन् । उनले आफ्ना कुरा राप्रपाकै अन्य सांसदमार्फत सुनाउने गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *