ग्वारखोलामा अटो र हाइस ठोक्किँदा दुईजना घाइते

अन्य समाचार समाज

तुलसीपुर । तुलसीपुर- ७ ग्वारखोलामा अटो र हाइस एकआपसमा ठोक्किँदा दुईजना घाइते भएका छन्। शनिबार बेलुका ६ बजेको समयमा तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा १ ह ६१८९ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको लु प्र ०१००१ ज ००३६ नम्बरको हाइस एक आपसमा ठोकिएका थिए ।

उक्त दुर्घटनामा परी अटोमा सवार तुलसीपुर १८ निवासी ४० वर्षीया रिता चौधरी र सोही ठाउँकी २० वर्षीया सुनिता चौधरी घाइते भएका छन्। घाइते दुबैको अवस्था सामान्य छ।

घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। प्रहरीले हाइस चालक तुलसीपुर १५ का प्रेमकुमार बाठा र अटो चालक तुलसीपुर १८ का ३१ वर्षीय दुर्गा बहादुर चौधरीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *