राप्ती स्वास्थ्य प्रतिष्ठानमा न्युरो सर्जरी सेवा सुरु हुने

ट्रेन्डिङ समाचार स्वास्थ्य

घाेराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्युरो सर्जरी सेवा सुरु हुने भएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले न्युरो सर्जरी विशेषज्ञ डा. उपमा शर्मा नियुक्त भइसकेको जानकारी दिए ।

उनले विशेषज्ञ डा. शर्मा केही दिनपछि प्रतिष्ठानबाट सेवा सुरु गर्ने बताए । त्यस्तै उनले यसै आर्थिक बर्षदेखि कार्डियोलोजी सेवा पनि सुरु हुने बताए ।

प्रतिष्ठानमा मुटु रोगको उपचारको लागि करिब १० करोडको क्याथेल्याब मेसिन टेण्डरमा गइसकेको रजिस्ट्रार लम्सालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *