पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णुप्रसाद पाैडेललाई स्वागत गरेका छन् । पाल्पाकाे बगनासकाली गाउँपालिकामा मुख्यमन्त्री आचार्यले स्वागत गरेका हुन् ।
बगनासकालि गाउँपालिकाकाे प्रशासकीय भवन उद्घाटन, सिद्धबाबा सुरुङ्ग मार्गकाे ब्रेक थ्रु लगायतका कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम तय भएपनि स्वास्थ्य समस्याको आउन सकेनन्।
