पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको शुक्रबारको बैठकले डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाएको हो। शुक्रबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलको बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ४ रुपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र बाह्यतर्फ काठमाडौँका लागि […]

सामाजिक संजाल नियन्त्रण गर्ने विधेयक फिर्ता हुनुपर्छ : निवर्तमान अध्यक्ष पोख्रेल

दाङ । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले हालै राष्ट्रिय सभामा पेस भएको सामाजिक सञ्जाल नियन्त्रण सम्वन्धी विधेयक खारेज हुनुपर्ने बताएका छन्। नेपाल प्रेस युनियन दाङको २७औँ साधारणसभालाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष पोख्रेलले नागरिकलाई सामाजिक सञ्जालको असल अभ्यास गर्न अभिप्रेरित गर्ने भन्दा अपराधि करार गर्ने हिसाबले ल्याइएको विधेयकको औचित्य नभएको भन्दै खारेजी हुनुपर्ने बताए […]

रवि लामिछाने सभामुखलाई भेट्न सिंहदरबार पुगे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सिंहदरबार पुगेका छन् । आजदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुने भएपछि सभापति लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरबार पुगेका हुन् । भेटमा रास्वपाका सांसदहरू पनि सहभागी थिए। पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछाने सहकारीको रकम अपचलन तथा हिनामिना मुद्दा दायर भएपछि सांसद पद निलम्बन भएको […]

अमेरिकामा जहाज दुर्घटना : ५० जनाको शव फेला, १७ जना अझै बेपत्ता

काठमाडौं। अमेरिकाको वासिङ्टनमा भएको जहाज दुर्घटनामा मृत्यु भएकामध्ये हालसम्म ५० जनाको शव फेला परेको छ भने १७ जना अझै वेपत्ता छन् । अमेरिकी सञ्चारमाध्यमहरूले पोटोम्याक नदीबाट ४० जनाको शव निकालिएको जनाएका छन्। बेपत्ता भएकाहरुको खोजी भइरहेको छ। बुधबार राति स्थानीय समयअनुसार ९ बजे भएको दुर्घटनामा जहाज र हेलिकप्टर दुवैमा सवार मानिसहरूमध्ये कोही पनि जिवित नरहेको […]

आजबाट संसद्को हिउँदे अधिवेशन सुरू

काठमाडौं । आजबाट संघीय संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो एक बजे संसद भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको हो । विधेयक अधिवेशन पनि भनिने हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्ने छन् । अधिवशेन सुरु भएको दिन भएकाले यसअघि जस्तै दलीय आधारमा सदस्यहरुले आआफ्नो मन्तव्य राख्ने […]

आज र भोलि तुलसीपुरका विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने

तुलसीपुर। शुक्रबार र शनिबार तुलसीपुरका विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरण, तुलसीपुर बितरण केन्द्रकाे कार्यक्षेत्र भित्र पर्ने ११ केभि एयरपाेर्ट फिडरमा कन्डक्टर फेर्नुपर्ने भएकाले माघ १८ र १९ गते विद्युत अवरुद्ध हुने तुलसीपुर वितरण केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार एयरपोर्ट फिडर अन्तर्गत शुक्रबार र शनिबार बिहान ०९:३० बजेदेखि बेलुकी […]

एक घर एक धाराको अभियानले आधारभुत तहमा खानेपानीको पहुँच सुनिश्चितः मुख्यमन्त्री आचार्य

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक घर एक धाराको अभियानले आधारभुत तहका उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको बताएका छन्। खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाहरुमा निर्णायक तहमा महिलाको भूमिका बिषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमको बिहिबार भालुबाङमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले अघि बढाएको एक घर एक धाराको अभियानले आधारभुत तहका उपभोक्ताको खानेपानीमा पहुँच […]

सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने विपक्षी दलको निर्णय

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने भएका छन् । बिहीवार प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरुको बैठकले यस्तो निर्णय गरेको हो । शुक्रबारदेखि सुरू हुने संसदको हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न विपक्षी दलहरूको बैठक बोलाइएको हो। माओवादी केन्द्रका प्रमुख सचेतक हितराज […]

अमेरिकामा उडिरहेको ६० यात्रु सवार विमान र हेलिकोप्टर ठोक्किए

वासिङ्टन । अमेरिकन एयरलाइन्सको उडिरहेको विमान आकाशमै एउटा हेलिकोप्टरसँग ठोक्किएको छ । अमेरिकाको ‘फेडरल एभिएशन एडमिनिस्ट्रेसन’ले उक्त दुर्घटनाबारे जानकारी दिएको हो । यो दुर्घटना स्थानी समय अनुसार राति ९ बजे रिगन वासिङ्टन नेशनल एयरपोर्ट नजिकै पोटोम्याक नदीमाथि भएको हो । आपतकालीन उद्धार टोली विमानस्थलमा पुगिसकेको छ । त्यहाँ कयौँ एम्बुलेन्स र दमकल तैनाथ गरिएको छ […]

महायज्ञको उद्घाटन लुम्बिनी प्रदेश प्रमुखले गर्ने

दाङ । सडक मानवहरुको लागि सहयोगार्थ मानव कल्याण समाज दाङ शाखाको आयोजनामा भोलीदेखि घोराहीमा सुरु हुने महायज्ञको लुम्बिनी प्रदेश प्रमुखले गर्ने भएका छन्। सडक मानव तथा सार्वजनिक स्थलहरुमा अलपत्र, बेवारिसे अवस्थामा रहेका खाना, नाना र छाना बिहिन वेवारिसे सडक मानवहरुको सहयोगार्थ मानव कल्याण समाज दाङ शाखाको आयोजनामा महायज्ञ हुन लागेको हो । घोराही उपमहानगरपालिका वडा […]