अमेरिकामा उडिरहेको ६० यात्रु सवार विमान र हेलिकोप्टर ठोक्किए

अन्तर्राष्ट्रिय समाचार

वासिङ्टन । अमेरिकन एयरलाइन्सको उडिरहेको विमान आकाशमै एउटा हेलिकोप्टरसँग ठोक्किएको छ । अमेरिकाको ‘फेडरल एभिएशन एडमिनिस्ट्रेसन’ले उक्त दुर्घटनाबारे जानकारी दिएको हो ।

यो दुर्घटना स्थानी समय अनुसार राति ९ बजे रिगन वासिङ्टन नेशनल एयरपोर्ट नजिकै पोटोम्याक नदीमाथि भएको हो । आपतकालीन उद्धार टोली विमानस्थलमा पुगिसकेको छ । त्यहाँ कयौँ एम्बुलेन्स र दमकल तैनाथ गरिएको छ ।

विमानस्थलको रनवे ३३ तिर जाँदै गरेको अवस्थामा उक्त विमान अमेरिकी सेनाको एच–६० हेलिकोप्टरसँग ठोक्किएको जनाइएको छ ।

दुर्घटनामा संलग्न अमेरिकन एयरलाइन्सको विमानमा ६० यात्री र चार चालक दलका सदस्य सवार रहेको बताएइको छ । दुर्घटनाबाट भएको हताहतको विवरण भने आइसकेको छैन । दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *