तुलसीपुर। शुक्रबार र शनिबार तुलसीपुरका विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरण, तुलसीपुर बितरण केन्द्रकाे कार्यक्षेत्र भित्र पर्ने ११ केभि एयरपाेर्ट फिडरमा कन्डक्टर फेर्नुपर्ने भएकाले माघ १८ र १९ गते विद्युत अवरुद्ध हुने तुलसीपुर वितरण केन्द्रले जानकारी दिएको छ ।
केन्द्रका अनुसार एयरपोर्ट फिडर अन्तर्गत शुक्रबार र शनिबार बिहान ०९:३० बजेदेखि बेलुकी ०५:०० बजेसम्म विद्युत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
जस अन्तर्गत बनकट्टा, माेतिपुर, हात्तिखाैवा, भि.आई. पि. टाेल, घाेराही राेड, गाेर्खा बाेर्डिङ, विद्युत प्राधिकरण तुलसीपुर कार्यालय आसपासलगायतका क्षेत्रहरुमा आंशिक तथा पूर्णरूपमा विद्युत सेवा अवरुद्ध हुने भएको हो ।
साथै केन्द्रले निर्धारित समयभन्दा अगाबै मर्मत कार्य सम्पन्न भएमा विद्युत लाइन सुचारु हुने पनि जानकारी दिएको छ।

