मिश्र र प्रसाईंलाई थप सात दिन हिरासतमा राख्न अदालतको अनुमति

अन्य ट्रेन्डिङ राजनीति समाचार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप सात दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

गत चैत्र १५ गते तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका मिश्र, प्रसाईंसहित २५ जनालाई थप सात दिन अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँका न्यायाधीश ईश्वरी प्रसाद भण्डारीको इजलासले अनुमति दिएको हो ।

उनीहरुलाई थप अनुसन्धानका निमित्त मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४ (६) बमोजिम ७ (सात) दिन म्याद थप गरिदिएको अदालतले जनाएको छ ।

दुर्गा प्रसाईं र पशुपति खड्काले अस्वस्थ रहेको भनेर उल्लेख गरेकोमा दुर्गा प्रसाईं, रवन्द्र मिश्रको हकमा उचित स्वास्थ्य उपचारको प्रवन्ध गर्नू भनी पूर्व आदेश समेत भएको देखिँदा सोही बमोजिम गर्न र प्रतिवादी पशुपति खड्काको स्वास्थ्य उपचारको समेत उचित प्रबन्ध गर्नु भनेर आदेशमा भनिएको छ ।

तीनकुनेको राजावादी प्रदर्शनका जनकमाण्डर भनिएका प्रसाईंविरुद्ध कर्तव्य ज्यानसहित ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, संगठित अपराध र राजद्रोहको समेत मुद्दा लगाइएको छ । मिश्रलाई भने राजद्रोह र संगठित अपराधको मुद्दा चलगाइएको छ । मिश्र १५ चैतमै पक्राउ परेका थिए भने प्रसाईंलाई प्रहरीले भारतबाट पक्राउ गरेर ल्याएको थियो ।

मिश्रसँगै पक्राउ परेका सांसद् धवलशमशेर राणा प्रहरीले स्वास्थ्यलाई कारण देखाउँदै एक साताअघि छाडेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *