दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा न्युरो सर्जरी सेवा सुरु भएको छ। न्युरो सर्जन डा उपमा शर्माले आजदेखि प्रतिष्ठानबाट सेवा सुरु गरेकी हुन् । ।
कोहोलपुर मेडिकल कलेजमा लामो समय काम गरेकी अनुभवी, दक्ष चिकित्सक शर्माको प्रतिष्ठानमा १३ नम्बरमा न्युरो ओपिडि सन्चालनमा रहेको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा श्याम लम्सालले प्रतिष्ठानले आफ्नो सेवा वृद्धि गर्दै गएको भन्दै मेडिकल हबकोरुपमा बिकास गर्नुपर्नेमा जोड दिए ।
दाङको स्वास्थ्य क्षेत्रको बिकासमा प्रतिष्ठान मेरुदण्ड रहेको भन्दै यसको भौतिक पुर्बाधारदेखि सेवा बिस्तारमा सबैले बजेट दिएर सहयोग गर्नुपर्ने बताए । उनले छिट्टै प्रतिष्ठानमा मुटु रोगको उपचारका लागि क्याथेल्याब मेसिन पनि ल्याउने तयारी भइरहेको र मेसिन आउना साथ मुटु रोग विशेषज्ञ पनि ल्याएर सेवालाई थप मजबुत बनाईने बताए ।
