तुलसीपुर । दाङको तुलसीपुरमा दोस्रो तुलसीपुर महोत्सव जारी छ । फागुन १ गतेदेखि सुरु भएको महोत्सवको सातौँ दिनसम्म दर्शकको भिडभाड अत्याधिक देखिएको छ । महोत्सवमा दिनप्रतिदिन दर्शकको उपस्थिति बढ्दै गएको अवस्थामा दर्शकले थप सेवा पाउने भएका छन् ।
महोत्सव मूल आयोजक समितिका संयोजक तथा चेम्बर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारीले महोत्सवमा आउने र प्रबेश टिकट किन्ने दर्शकले एनसिएलको सिम सित्तैमा पाउने बताए । एनसिएलसँगको सहकार्यमा महोत्सव स्थलमा रहेको एनसिएल काउन्टरबाट सिम उपलब्ध हुने छ । यस्का लागि टिकटको अर्धकट्टी अनिवार्य गरिएको छ । यसरी उपलब्ध गराइने सिममा ५० मिनेटको टक टाइम र केहि डाटा पाइने छ ।
‘महोत्सवमा १०० रुपैँयामा टिकट पाउने गरेको छ ।’ उनले भने–‘तर टिकट किन्ने दर्शकले थप सेवा पाउनु हुन्छ । यो महत्सबको सुबिधा हो । आउनुहोस महोत्सब हेर्नुहोस टिकट टिकट काट्नुहोस् एनसिएलको सिम सित्तैमा पाउनुहुन्छ ।’ अध्यक्ष भण्डारीले भने ।
