दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका ६ स्थित हिमाल एकाडेमीमा निःशुल्क स्वास्थ्य शिविर हुन लागेको छ । यही जेठ २४ गते शनिबारको दिन हड्डीको घनत्व परीक्षण सम्बन्धी स्वास्थ्य शिविरको आयोजना गर्न लागेको विद्यालयले जनाएको छ ।
हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. रुपेशमान शेरचनको विशेषज्ञताको निशुल्क शिविरको आयोजना गर्न लागेको विद्यालयका प्रिन्सिपल मधुसुदन केसीले जानकारी दिए । सबै अभिभावकहरूको माया, साथ र सहयोगबाट नै विद्यालय अहिले यो स्थानमा आएको भन्दै उनले सामाजिक उत्तरदायित्व बहन गर्दै निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्न लागेको बताए । उनका अनुसार शिविर विद्यालयको आफ्नै भवन रजौरामा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
यस्तै प्रिन्सिपल केसीले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका अभिभावहरूमा लागि यो शिविरको आयोजना गरिएको बताए । निःशुल्क स्वास्थ्य शिविरमा सेवा लिन सम्पूर्ण अभिभावहरूलाई समेत आग्रह गरेका छन् । विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १० सम्म अहिले एक हजार पाँच सय विद्यार्थीहरू अध्ययनरत रहेका छन् ।
