नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ

अन्य ट्रेन्डिङ राजनीति समाचार

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पपक्राउ परेका छन् ।

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको पार्टी एकता घोषणसभा स्थलबाट चौधरीलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रज्ञा भवन कमलादी परिसरमा पार्टी एकताका लागि भएको कार्यक्रमबाट चौधरी पक्राउ परेपछि कार्यक्रम स्थगित भएको छ । सादा पोशाकमा रहेका प्रहरीले उनलाई नियन्त्रणमा लिएर डिल्लीबजार कारागार पुर्‍याएका हुन् । तर नियन्त्रणको कारण खुलेको छैन ।

टीकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *