दाङ। दाङमा जम्मू-कश्मिरमा भएको आतंकवादी हमलामा नेपालका सुदीप न्यौपानेसहित हत्या गरिएकाहरूको सम्झना गरिएको छ । सुदीपको सम्झनामा दाङको तुलसीपुरमा दीप प्रज्वलन गरिएको छ। नागरिक संघ सस्थाको अगुवाइमा दीप प्रज्वलन तथा आतंकबाद विरुद्धमा खेद प्रकट गरिएको छ ।
वैशाख १० गते पहलगाम भ्रमणमा गएका रुपन्देही बुटवलका न्यौपानेसहित २८ जनाको हत्या अनाक्मा आतंकबादीहरुले हत्या गरेका थिए । आतंकवादी गतिविधि विरूद्ध खेत प्रकट गर्दै र शान्तिको कामना गर्दै तुलसीपुरमा दीप प्रज्वलन गरिएको छ ।
दीप प्रज्वलनमा सम्बोधन गर्दै विश्व रिबोल पुस्कार पाएका ब्यक्ति तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कुनै पनि आतंकवादका विरूद्धमा एक जुट हुन जरूरी रहेको बताए। घटनाको भत्सर्ना गर्दै उनले आतंकवाद निर्मूल गर्न विश्व एक हुनु पर्ने र आतंकवादका विरूद्धमा लाग्नु पर्ने जरूरी रहेको बताए। चौधरीले आतंकवाद विरूद्ध लड्न भारतलाई शक्ति प्राप्त होस् भन्दै सम्पूर्ण नेपाली र लुम्बिनी प्रदेशवासी आतंकवादको विरूद्धमा उभिने बताएका थिए।
बेस संस्था, मटाँवा, बरघर, भलमन्सा संघ, नेपाल तरूण दल दाङ, सेवा प्रतिस्ठान नेपाल दाङको आयोजना र नेपाल प्रेस युनियन दाङको ऐक्यबद्धतामा दीप प्रज्वलन कार्यक्रम भएको हो।
कार्यक्रममा नेपाल तरूण दलका जिल्ला अध्यक्ष टीकाराम घर्ती, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष, बेसका कार्यकारी निर्देशक चुर्ण बहादुर चौधरी, नेपाल तरूण दलका जिल्ला पदाधिकारी, सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो । तरुण दल जिल्ला सचिव ध्रुव आचार्यले सहजीकरण गरेका थिए ।
