तुलसीपुर । दाङमा खाेलामा डुबेकाे अवस्थामा एक जनाको शव फेला परेको छ । गत माघ २६ गते आफुखुशी घरबाट निस्किएका तुलसीपुर १० राईखल्यान निवासी अन्दाजी ७३ वर्षीय रामजी चौधरी रहेको प्रहरीले बताएको छ ।
धेरै दिनसम्म घर नआएपछि आफन्तहरुले खाेजी गर्दै जाँदा बिहीबार बिहान ११ बजेको तुलसीपुर ११ मोतिपुर नजिकै बबई खोलामा डुबेको अवस्थामा मृत फेला परेको मृतकका छाेरा भागिराम चौधरीले प्रहरीलाई खवर गरेका थिए ।
