भोलिदेखि ‘दोस्रो तुलसीपुर महोत्सव’

ट्रेन्डिङ मनाेरञ्जन/कला समाचार

सागर रोका, तुलसीपुर । तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा ‘दोस्रो तुलसीपुर महोत्सव’ भोलिदेखि सञ्चालन हुँदैछ । बुधबार पत्रकार सम्मेलन गरी चेम्बरका अध्यक्ष ऋषिराज भण्डारीले भोलिदेखि सञ्चालन हुने महोत्सवको ९० प्रतिशत काम सकिएको र रातभरमा सबै काम सकिने जानकारी दिए।

उक्त अवसरमा अध्यक्ष भण्डारीले सल्यान महोत्सवमा आगलागीबाट क्षति ब्यहोरेका ब्यवसायीलाई तुलसीपुर महोत्सवमा ५० प्रतिशत छुट दिने निर्णय गरेको बताए । भोलि सुरु हुने महोत्सवको उद्घाटन बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गर्ने

तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा यहीँ फाुगन १ गतेदेखि १६ गतेसम्म तुलसीपुर महोत्सव हुन लागेको हो । तुलसीपुर चेम्बरले बुधबार महोत्सवको आयोजना गरेको पत्रकार सम्मेलनमा मेलाको तयारी करिब ९० प्रतिशत भएको भन्दै भोलि लुम्बिनी प्रदेशका बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने महोत्सव आयोजकले जानकारी दिएको छ ।

चेम्बरका उपाध्यक्ष सन्तोष खड्काले महोत्सवमा कृषिजन्य वस्तुको प्रदर्शनी, औद्योगिक प्रर्दशनी, हस्तकला, अटोमोवाइल्स, मेसिनरी तथा वित्तिय सूचना प्रविधिको प्रदर्शनी हुने जानकारी दिय । यस्तै महोत्सवमा विभिन्न जातजातीका खानाको प्रदर्शनी, पर्यटकीय स्थलको प्रचारप्रसारका साथै स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती, स्थानीय कला संस्कृति झल्कने नृत्य तथा झाँकी, बाल उद्यान लगायत रहने खड्काले जानकारी दिए।

“स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार”भन्ने मुल नाराका साथ कृषि, व्यापार,पर्यटन प्रबर्द्धन र कला संस्कृतिक संरक्षणका लागि फागुन १ गते देखि १६ गतेसम्म महोत्सव संचालन हुनेछ ।

तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीको अध्यक्षता तथा पुर्ब अध्यक्ष टोप बहादुर घर्तीको बिशिस्ट आतिथ्यमा भएको पत्रकार सम्मेलनको सहजीकरण प्रेस सल्लाहकार गोपाल शर्मा भट्टराईले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *