लक्ष्मण बस्नेत, दाङ । दाङको भमकेमा वैशाख १८ गतेदेखि संचालन हुने प्रथम स्व.हेमलाल कडेल स्मृति टी-२० क्रिकेट प्रतियोगिता २०८२ को तयारी तिव्र पारिएको छ ।
हेमलाल स्मृति प्रतिष्ठान तुलसीपुर १ भमकेको आयोजना तथा नयाँ बर्ष २०८२ सालको उपलक्ष्यमा मदन भण्डारी रंगशाला तुलसीपुर १ भमकेमा संचालन हुने प्रतियोगिताको तयारी स्वरुप खेलमैदान मर्मत, आर्थिक तथा प्राविधिक पक्ष, टिम दर्ता लगायत अन्य तयारीलाई तिव्र पारिएको प्रतियोगिता ब्यबस्थापन संयोजक खगेन्द्र नेपालीले जानकारी दिए ।
बैशाख २२ गतेसम्म संचालन हुने प्रतियोगिताको बिजेता टिमलाई नगद ५० हजार, कप, मेडल प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै उपबिजेता टिमले नगद २५ हजार, कप, मेडल प्रमाणपत्र हात पार्नेछ ।
त्यसैगरी प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मध्य व्यक्तिगत बिधा तर्फ म्यान अफ द टुर्नामेन्टलाई नगद चार हजार कप तथा मेडल, वेष्ट ब्याट्सम्यान र वेष्ट बलरलाई क्रमशः जनही दुई हजार पाँच सय नगद तथा मेडल प्रमाणपत्र तथा उदयमान खेलाडिलाई नगद दुई हजार मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
त्यस्तै प्रतियोगिताका प्रत्येक म्याचका म्यान अफ द म्याच लाई नगद पाँच सय र साथमा ट्रफि प्रदान गरिने आयोजकले जानकारी दिएको छ । यसैबिच आयोजकले प्रतियोगितामा टिम सहभागिताका लागि जिल्लामा स्थापित क्रिकेट क्लबलाई अनुरोध गरेको छ भने झन्डै १२ टिमको सहभागिता रहने अनुमान गरिएको छ ।
साथै प्रतियोगितामा टिम दर्ताका लागि बैशाख १७ गते बिहान १० बजे सम्मको समय तोकिएको संयोजक नेपालीले जानकारी दिए ।
