रेडक्रस उपशाखा बिजौरीको सभापतिमा पुनः रेग्मी

समाचार समाज

सागर रोका, बिजौरी । नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाको १३ औँ वार्षिक साधारण सभा तथा छैठौँ अधिवेशन सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखा सभापति बालकृष्ण रेग्मीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मेयर खड्काले सामाजिक सेवा विस्तार र मानवीय सहयोगमा रेडक्रसको भूमिका महत्वपूर्ण रहेको बताए।

कार्यक्रममा सचिव मुकेश वलीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विगतका वर्षमा शाखाले गरेका सामाजिक सेवाका गतिविधिहरू, विपद् व्यवस्थापन, रक्तदान कार्यक्रम लगायतका कार्यक्रमहरु गरेको जानकारी दिए । साथै कोषाध्यक्ष सागर रेग्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

त्यस्तै शनिबार भएको अधिवेशनले नेपाल रेडक्रस सोसाइटी उपशाखा बिजौरीको सभापतिमा पुनः बालकृष्ण रेग्मीलाई चयन गरेको छ भने ११ सदस्यीय कार्यसमिति पनि चयन गरिएको छ । उपशाखाको उपसभापतिमा मेनका शर्मा न्यौपाने, सचिवमा मुकेश वली, कोषाध्यक्षमा सागर रेग्मी, उपसचिवमा गोविन्द पार्धे, उपकोषाध्यक्षमा बिदुर गौतम चयन भएका छन्।

त्यस्तै महिला सदस्यमा मनकुमारी महत, खुल्ला सदस्यहरूमा अर्जुन कुमार रेग्मी, पदम बहादुर वली क्षेत्री, पशुपति भट्टराई र कपिलमणी लामिछाने चयन भएका छन्। कार्यक्रम संचालन नेपाल रेडक्रस सोसाइटी उपशाखा बिजौरीका सचिव मुकेश वलीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *