हेमलाल कडेल स्मृति टी-२० क्रिकेट प्रतियोगिता सुरु, वेष्टर्नको बिजयी सुरुवात

अन्य खेलकुद समाचार

लक्ष्मण बस्नेत, दाङ । दाङको तुलसीपुर १ भमेकमा बिहीबारदेखि प्रथम हेमलाल कडेल(क.प्रताप) स्मृति टी-२० क्रिकेट प्रतियोगिता २०८२ सुरु भएको छ।

हेमलाल कडेल (क.प्रताप)स्मृति प्रतिष्ठानको आयोजना तथा नयाँ वर्ष २०८२ को अबसरमा संचालित प्रतियोगिताको उद्घाटन दाङ निर्वाचन क्षेत्र न.३(ख) प्रदेश सभा सदस्य माननीय धन बहादुर मास्कीले गरेका हुन्। यसैबिच बिहीबार भएको उद्घाटन खेलमा वेष्टर्न क्रिकेट क्लब शान्तिनगरले बिजयी सुरुवात गरेको छ ।सुनपुर ११ लाई १८ रनले पराजित गर्दै वेष्टर्न क्रिकेट क्लबले बिजयी सुरुवात गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको वेष्टर्नले निर्धारित १५ ओभरको खेलमा ५ बिकेटको नोक्सानिमा १ सय ३७ बनाउन सफल भयो । जसमा वेष्टर्न क्रिकेट क्लबका मेघराज बिकले सर्वाधिक ५२ रनको अर्धसतकीय खेल्न सफल भए भने कप्तान गणेश पान्डेले ४६ रन जोड्न सफल भए।

बलिङतर्फ सुनपुर ११ का हिमाल आचार्य र निश्चल सेर्पाइली समान २-२ बिकेट लिन सफल भए । १ सय ३८ रनको बिजय लक्ष्य लियर मैदानमा उत्रेको सुनपुर ११ निर्धारित १५ ओभरमा ७ बिकेटको क्षतिमा १ सय १९ रन बनाउन सफल भयो ।

सुनपुर ११ का लागि ओपनर ब्याट्स म्यान विशाल ग्रन्जाले ५४ रनको अर्धसतकीय खेले भने दिप्सन ग्रन्जा तथा सुजल वलीले क्रमश: १६/१५ रनको पारी खेले। बलिङतर्फ वेष्टर्न क्रिकेट क्लबका सोभित पान्डे तथा मेघराज बिकले समान २-२ बिकेट लिए।

खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्ने वेष्टर्न क्रिकेट क्लबका मेघराज बिक म्यान अफ द म्याच भए । उनले नगद पाँच सय तथा मायाको चिनो प्राप्त गरे।

प्रतियोगिताका संयोजक प्रमोद कडेलको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथी माननीय धन बहादुर मास्की, विशिष्ट अतिथी दाङ जिल्ला क्रिकेट संघ क्याडका सचिब सन्जु केसीलगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रमको संचालन खेल ब्यवस्थापक संयोजक खगेन्द्र नेपालीले गरेका थिए। यसैबिच प्रतियोगिता अन्तरगत शुक्रवार हुने पहिलो खेलमा तुलसीपुर क्रिकेट एकेडेमी र आयोजक भमके क्रिकेट क्लब भिड्नेछन् । खेल बिहान ७ बजेबाट सुरु हुनेछ ।

बैशाख २२ गतेसम्म संचालन हुने प्रतियोगिताको बिजेता टिम लाई नगद ५० हजार, कप, मेडल प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै उपबिजेता टिमले नगद २५ हजार, कप, मेडल प्रमाणपत्र हात पार्नेछ ।

त्यसैगरी प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मध्य व्यक्तिगत बिधा तर्फ म्यान अफ द टुर्नामेन्टलाई नगद चार हजार कप तथा मेडल, वेष्ट ब्याट्सम्यान र वेष्ट बलरलाई क्रमशः जनही दुई हजार पाँच सय नगद तथा मेडल प्रमाणपत्र तथा उदयमान खेलाडिलाई नगद दुई हजार मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

त्यस्तै प्रतियोगिताका प्रत्येक म्याचका म्यान अफ द म्याच लाई नगद पाँच सय र साथमा ट्रफि प्रदान गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा जिल्लामा स्थापित क्रिकेट क्लबका ११ टिमको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *