सुनको मूल्य तोलामा १४ सयले बढ्यो

अर्थ व्यवसाय समाचार

काठमाडौँ । सुनको मूल्य तोलामा १४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ थियो ।

भन्सार दर घटेपछि पनि नेपाली बजारमा सुनको मूल्य फेरि नयाँ रेकर्ड नजिक पुगेको छ । यसअघि सुनको मूल्य तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । मन्त्रिपरिषद्को मंसिर ६ गते बसेको बैठकको निर्णय अनुसार सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम भएको थियो ।

भन्सार दर २० प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गरिएसँगै सुनको मूल्य पनि घटेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार राजपत्रमा मंसिर ९ मा सूचना प्रकाशित भएर निर्णय कार्यान्वयन भएसँगै मंसिर १० गते सुनको मूल्य ह्वात्तै घटेको थियो ।

यस्तै आइतबार १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर १ हजार ९७५ रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *