काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई रिहा गर्न सर्वोच्च अदालतले पत्र पठाउने भएको छ । बुधबार काठमाडौंको कमलादीबाट पक्राउ परेका चौधरीलाई पक्राउ गर्न जारी भएको भनिएको पत्र आधिकारिक नभएको भन्दै सर्वोच्च अदालतले कारागार कार्यालय डिल्लीबजारलाई पत्र पठाएर चौधरीलाई रिहा गर्ने तयारी गरेको हो ।
रेशम चौधरीलाई थुनामा पठाउन भन्दै पत्र लेख्ने सर्वोच्चका कर्मचारी महिमानसिंह विष्टलाई कारबाही गर्ने तयारी भएको छ । बिस्टकै नामबाट प्रेषित पत्रका आधारमा प्रहरीले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई पक्राउ गरी डिल्लीबजार कारागारमा चलान गरेको थियो ।
यसबारेमा अनौपचारिक रुपमा महान्यायाधिवक्ता कार्यालय र प्रहरी प्रशासन संयन्त्रसँगसमेत कुराकानी भइरहेको सर्वोच्च अदालत स्रोतले बतायो ।
