शिक्षक महासंघ र सरकार बीच ९ बुँदामा सहमति

अन्य ट्रेन्डिङ शिक्षा समाचार

काठमाडौं । विगत २९ दिनदेखि सडक आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच ९ बुँदामा सहमति भएको छ । शिक्षा मन्त्रालयमा बुधबार भएको वार्तापछि उक्त सहमति भएको हो।

सो सहमति बोकेर शिक्ष, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकमा सहभागी हुन वार्ता स्थलबाट निस्किएका छन् ।

‘९ वटा बुँदामा सहमति भएको छ । मन्त्रीज्यू क्याबिनेट जानु भएको छ । क्याबिनेटबाट पारित भएर आउँदा बुँदामा थपघट हुनसक्छ,’ वार्तामा सहभागी एक सदस्यले भने ।

मन्त्रिपरिषद्ले निर्णय गरेपछि सहमतिका बुँदा सार्वजनिक गर्ने तयारी छ । केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ । सो बैठकपछि सहमतिका बुँदा सार्वजनिक हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *