काठमाडौं । मंगलबार कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको सिनुवा आसपास क्षेत्रमा ४.७ म्याग्निच्यूडको भूकम्पको धक्का महसूस भएको हो ।
भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार दिउँसो १ बजेर ५९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्पको धक्का कास्कीसहित तनहुँ, बागलुङ, पर्वतलगायतका जिल्लामा महसुस भएको बताइएको छ ।
यसअघि सोलुखुम्बुको छेस्काम केन्द्रविन्दु भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
