काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर प्रा.डा. विश्वनाथ पौडेललाई बनाउने सहमति भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर नियुक्त गर्नेगरी सहमति जुटेको स्रोतले जानकारी दिएको छ ।
यसअघि गभर्नर कसलाई बनाउने भन्नेबारे कांग्रेस र एमालेबीच विवाद हुँदै आएको थियो । सहमतिसँगै आजै गभर्नर सिफारिस समितिको बैठक बोलाइएको छ भने लगत्तै मन्त्रिपरिषद्को बैठकबाट औपचारिक निर्णय हुने छ ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. पौडेल यसअघि सिफारिस समितिमा थिए । उनलाई कांग्रेसले गभर्नरका लागि अघि सारेपछि सिफारिस समितिबाट राजीनामा दिएका थिए ।
