दाङ । इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशन लिमिटेडले सेवाग्राहीहरुको लागि नयाँ अफर ल्याएको छ । चर्चित नेपाल महिला राष्ट्रिय फुटबल टोली खेलाडी साम्बाबाट प्रेरित इन्टरनेट योजना उच्च गतिको भरपर्दो एक महिना फ्रि सहितको नयाँ अफर ‘साम्बा प्याक’ सार्वजनिक गरेको हो ।
नयाँ अफरमा बार्षिक ८ हजार ५ सयदेखि शुल्क तोकिएको छ । जसअन्तर्गत ५० एमबीएपीएस, १०० एमबीएपीएस, २०० एमबीएपीएस र ३०० एमबीएपीएस इन्टरनेट योजना उपलब्ध छन् ।
विशेष रूपमा १०० एमबीएपीएस वा सोभन्दा माथिको वार्षिक योजनामा ग्राहकहरूले एक महिना इन्टरनेट निःशुल्क प्राप्त गर्ने छन् । १०० एमबीएपीएस को मूल्य ८ हजार ५०० (करसहित) बाट सुरु हुनेछ ।
यो सेवा मार्च ९, २०२५ बाट सार्वजनिक गरिएको छ । थप जानकारी भायानेटको वेबसाइटबाट लिन सकिने छ।
