सुनको मूल्यमा उच्च गिरावट

अन्य अर्थ व्यवसाय समाचार

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उच्च गिरावट भएको छ। अघिल्लो दिन तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ३ हजार ९ सय रुपैयाँ घटेको हो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा १ हजार ८७० रुपैयाँ कायम भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *