सुनचाँदीको मूल्य घट्यो

अर्थ व्यवसाय समाचार

काठमाडौं । आज सुनको मुल्य तोलामा ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुन प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८५० रुपैयाँ रहेको चाँदी आज मंगलबार १८३५ रुपैयाँमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *