माओवादी केन्द्र घोराही नगरको अध्यक्षमा चौधरी

राजनीति समाचार

घोराही । नेकपा माओवादी केन्द्र घोराही उपमहानगर समिति दाङको अध्यक्षमा खिमबहादुर चौधरी निर्वाचित भएका छन्।

जसको उपाध्यक्षमा मने बिश्वकर्मा, दिलकुमारी बुढा र शक्तिराम डाँगी, सचिव बसन्त चौधरी, सहसचिव रेवन्ता पुन र कोषाध्यक्ष सुमन रोका रोका निर्वाचित भएका छन्। दुई दिनसम्म चलेको बन्दसत्रबाट चौधरीको नेतृत्वमा ६८ सदस्यीय नगर समिती सर्वसम्मत भएको हो ।

दश प्रतिशत मनोनित गर्ने विधानको प्राबधानअनुसार समितिको बैठकले ७ सदस्य मनोनित गरेर ७५ सदस्यीय कार्य समितिलाई पूर्णता दिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *