बाल कलाकार तथा गायक सचिन परियारको निधन

ट्रेन्डिङ समाचार समाज

काठमाडौं । बाल कलाकार तथा बालगायक सचिन परियारको निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको बिहीबार बिहान करिब १० बजे निधन भएको उनका बुवा तेजेन्द्र परियारले जानकारी दिएका छन्।

सचिनको स्वास्थ्यमा समस्या आएको र उपचारको लागि रकमको अभाव भएको भन्दै उनको परिवारले केही समयअघि आर्थिक सहयोगको माग गरेको थियो।

भाइरल बालगायकका रुपमा परिचित सचिनले गाएका गीतहरू समाजिक सञ्जालमा छाएका छन्।

सचिनले महानायक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए भने हास्य श्रृङ्खला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए। ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत उनले गाएका प्रमुख गीत हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *