आज सुनको मूल्य तोलामा ५ सय बढ्यो

अर्थ ट्रेन्डिङ समाचार

काठमाडौँ । आज सुनको मूल्य बढेको छ । बिहिबार सुन तोलामा ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ५०० रुपैयाँ कायम भएको छ । बुधवार १ लाख ५१ हजारमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ७६५ रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले बढेर १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *