तुलसीपुर । बिजौरीमा स्कुल बसको ठक्करबाट एक जना घाइते भएका छन् । बिहीबार बिहान १० बजेको समयमा न्यु स्टार बोर्डिङ स्कुलको रा १ क १४५५ नम्बरको बसले सडकमा काम गरिरहेका व्यक्तिलाई ठक्कर दिएको हो ।
बसको ठक्करबाट सल्यान बागचौर नगरपालिका वडा नम्बर २ निवासी ६५ वर्षीय रविलाल केसी घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
बसको ठक्करबाट केसीलाई टाउकोमा चोट लागेको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । बस र चालक तुलसीपुर १७ निवासी ५७ वर्षीय अर्जुन कुवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
