तुलसीपुर । तुलसीपुरमा ट्र्कको ठक्करबाट एक जना घाइते भएका छन् । बिहीबार बिहान पौने १० बजेको समयमा तुलसीपुरको विपी चोकमा लु १ ख ६८९३ नम्बरको ट्रकले ठक्कर दिँदा तुलसीपुर–५ निवासी ७० वर्षीय टेक बहादुर गिरी घाइते भएका हुन् ।
विरेन्द्र चोकबाट बसपार्कतर्फ जाँदै गरेको ट्रकले गिरीलाई ठक्कर दिएको हो । ट्रकको ठक्करबाट गिरीको बाँया हात, खुट्टा र मुखमा चोट लागेको छ । उनको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
घाइते गिरीको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
