विद्यतु प्राधिकरण तुलसीपुरको महसुल काउन्टर दुईदिन बन्द हुने

ट्रेन्डिङ समाचार

तुलसीपुर । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रको विद्युत महसुल बुझाउने काउन्टर दुई दिन बन्द हुने भएको छ । तुलसीपुर वितरण केन्द्रको महसुल भुक्तानी सर्भरमा समस्या आएकाले दुई दिन विद्युत महसुल काउन्टर बन्द हुने प्राधिकरणले जनाएको छ ।

सर्भर मर्मतका लागि काठमाडौं पठाउने भएकाले बिहीबार र शुक्रबार महसुल बुझाउने काउन्टर बन्द हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले जनाएको छ ।

‘यस तुलसीपुर वितरण केन्द्रको सर्भरमा समस्या आएकाले मर्मत गर्न काठमाडौं लैजानु पर्ने भएको र विद्युत महसुल काउन्टर सञ्चालन गर्न कठिनाई भएकाले पुस १८ र १९ गते दुई दिन विद्युत महसुल भुक्तानी हुने काउन्टर बन्द हुने जानकारी गराइन्छ’ प्राधिकरणले सूचनामा भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *