काठमाडौं । आज १४ फेब्रअरी प्रणय दिवस विश्वभर एक आपसमा प्रेम साटासाट गरी मनाईंदैछ । यो प्रेम र स्नेहको महत्वलाई चिनाउने विशेष अवसर हो, जसले मानिसलाई उसकै प्रिय व्यक्तिका लागि आफ्ना भावनाहरू व्यक्त गर्ने प्रेरणा दिन्छ ।
क्याथोलिक र रोमन समुदायका नागरिकले आजको दिनलाई ‘भ्यालेन्टाइन डे’ को रुपमा विशेष रुपमा मनाउने गरेका छन् । तर बढ्दो सूचना र प्रविधिको विकाससँगै प्रणय दिवस विश्वभरमा नै मनाउन थालिएको छ । विशेषगरी युवा पुस्ताले प्रणय दिवसलाई एकहप्ता अघिदेखि नै रोज डे, प्रपोज डे, चक्लेट डे, टेडी डे, प्रमिस डे, हग डे र किस डेको रुपमा मनाउने गरेका छन् । आज त्यसको अन्तिम तथा मुख्य दिन हो । नेपालमा पनि पछिल्ला केही वर्षदेखि विशेष गरी युवा युवती माझ प्रणय दिवस मनाउने चलन बढ्दो छ ।
दिवसका अवसरमा देशका पर्यटकीय ठाँउहरुमा विभिन्न साँस्कृतिक कार्यक्रमहरुको पनि आयोजना गर्ने गरिएको छ । भ्यालेन्टाइन डे को औपचारिक शुरुवात सन् २६९ तिर रोमनबाट भएको मानिन्छ ।
सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यागको सम्झनामा विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रणय दिवसका रुपमा भ्यालेन्टाइन डे मनाउने चलन छ ।
