सल्यान । सल्यानमा खरिद गरी भण्डारण गरिएको सुन्तलामा आगलागी भएको छ । बाग्चौर नगरपालिका–९ डाँगीगाउँको जुमखोली टोलको एक घरमा भण्डारण गरि राखिएको सुन्तलामा आगलागी भएको हो ।
नारायणगढका सन्तोष बस्नेत र महेन्द्र ओलीले सल्यानका विभिन्न गाउँबाट सुन्तला खरिद गरी भण्डारण गरेका थिए । खरिदकर्ताले स्थानीय किसानसँग खरिद गरी क्यारेट, डोको तथा घरको आँगनमा राखेको अवस्थामा बिहीबार बिहान ४ बजेतिर आगलागी भएको हो ।
आगलागीबाट ८५ क्यारेट र पाँच डोकामा राखेको सुन्तला नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए ।
आगलागीको कारण भने खुलेको छैन । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
