लुम्बिनीसहित पूर्वी भागमा आंशिक बदली

समाचार समाज

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागको मौसम आंशिक बदली छ ।

तराईका धेरै भू–भागमा अहिले बाक्लो हुस्सु र कुहिरो लागिरहेको मौसम विज्ञान विभागले जनाएको छ । हुस्सु र कुहिरोको कारण तराई-मधेशको जनजीवन प्रभावित बनेको छ । विभागका अनुसार देशका बाँकी भागको मौसम भने मुख्यतया सफा छ ।

चार प्रदेशको मौसम बदली भए पनि आज कतै पनि वर्षाको सम्भावना भने नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।’ महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *