रोल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु

अन्य समाचार समाज

रोल्पा । रोल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी निजगढ– ५ बाराका ३६ वर्षीय जित कुमारको घटनास्थलमै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरीक्षक देव सिंह भण्डारीकाअनुसार माडी गाउँपालिका वडा नम्बर ४ चुकबोटबाट घर्तिगाउँको बाटो हुँदै ब्याङखोलातर्फ जाँदै गरेको ना ८ ख ७२७६ नम्बरको टिप्पर घर्तिगाउँ स्थित सहिदमार्ग सडकबाट करिव १०० मिटर तल खसेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *