तुलसीपुरमा वडाध्यक्षको गाडीले ठक्करबाट दुईजना घाइते, एकको अवस्था‌ गम्भिर

अन्य समाचार

तुलसीपुर । तुलसीपुरमा कार र मोटरसाईकल एकआपसमा ठोक्किदा दुईजना घाइते भएका छन्। मंगलबार दिउसो करिब सवा ३ बजेको समयमा तुलसीपुर वडा नम्बर ६ ज्ञानज्योति बोर्डिङ स्कुल नजिकै दुर्घटना भएको थियो ।

घोराही रोडबाट ६ नम्बर वडा कार्यालयतर्फ जाँदै गरेको बा.प्र.०१-०२६ च ४२१६ नम्बरको गाडी र बिपरित दिशाबाट आउँदै गरेको रा ३ प ६८०० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा तुलसीपुर ९ बस्ने बर्ष २४ को संजय के.सी घाइते भएका हुन् ।

घाइते केसीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारको लागि लखनउ लगिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक सुर्य बहादुर रानाले जानकारी दिए। प्रहरी निरीक्षक रानाका अनुसार केसीको दुबै हात खुट्टा, टाउको र मुखमा चोट लागेको छ ।

अर्का घाइते तुलसीपुर वडा ७ बस्ने वर्ष २८ का सुदिप नेपालीलाई सामान्यपछि डिस्चार्ज गरिएको प्रहरीले बताएको छ ।

दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कार चालक तुलसीपुर वडा नम्बर ६ का वडाध्यक्ष दुजमान भण्डारी (वर्षात) रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *