तुलसीपुरमा ट्रकको ठक्करबाट घाइते गिरीको मृत्यु

ट्रेन्डिङ समाचार समाज

तुलसीपुर । तुलसीपुरमा ट्र्कको ठक्करबाट घाइते भएका पैदल यात्रुको उपचारको क्रममा मृत्यु भएको छ । बिहीबार बिहान पौने १० बजेको समयमा तुलसीपुर ५ विपी चोकमा लु १ ख ६८९३ नम्बरको ट्रकले ठक्कर दिँदा तुलसीपुर ५ निवासी ७० वर्षीय टेक बहादुर गिरी घाइते भएका थिए ।

विरेन्द्र चोकबाट बसपार्क तर्फ जाँदै गरेको ट्रकको ठक्करबाट गिरीको बाँया हात, खुट्टा र मुखमा चोट लागेको थियो । उनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि नेपालगञ्ज रेफर गरिएको थियो ।

उनको उपचारको क्रममा बिहीबार दिउँसो साढे १ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक बिनोद खत्रीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *