१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हुँदै

अन्य खेलकुद समाचार

लक्ष्मण बस्नेत, दाङ । दाङ जिल्ला अन्तरपालिका स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । दाङ जिल्ला खेलकुद बिकास समिति बेल्झुन्डीको आयोजना तथा प्रदेश खेलकुद परिषद लुम्बिनीको तत्तावधानमा यहि जेठ १५ गतेदेखि प्रतियोगिता सुरु हुनेछ ।

जिल्ला खेलकुद बिकास समितिको आइतबार बसेको खेल सम्बन्ध संघका अध्यक्ष तथा प्रतिनिधि र कर्मचारी सहभागी बैठकले प्रतियोगिताको मिति तय गरेको हो ।साथै बैठकले रनिङ शिल्ड लाई भब्य एवं सभ्य तवरले सम्पन्न गर्न समितिका कार्यालय प्रमुख राकेश परियारको संयोजकत्वमा रनिङ शिल्डमा सहभागी हुने ६ खेलका संघ र सबै खेलका प्रशिक्षक सदस्य रहने गरि प्रतियोगिता मुल आयोजक समिति गठन गरेको छ ।

त्यस्तै बैठकले मुल आयोजक समितिको मातहतमा रहने गरि विभिन्न उपसमिति समेत गठन गरेको कार्यालय प्रमुख राकेश परियारले जानकारी दिए । परियारका अनुसार आर्थिक संकलन, मन्च ब्यबस्थापन, खेल मैदान मर्मत ब्यबस्थापन, आतिथ्य सत्कार‌, प्रचार प्रसार, बिबाद समाधान, पुरस्कार तथा प्रमाणपत्र ब्यबस्थापन, प्राथमिक उपचार लगायतका उपसमिति गठन गरिएको छ ।

यस्तै बैठकले प्रतियोगितामा सहभागी हुने पालिकालाई टिम दर्ताको अन्तिम मिति यहि जेठ १३ गतेसम्म तोकेको छ भने खेलाडिहरुको आवश्यक विवरणको फाईल सहित जिल्ला खेलकुदको कार्यालय बेल्झुन्डीमा टिम दर्ता गर्न सबै पालिकालाई पत्राचार मार्फत अनुरोध गर्ने निर्णय गरेको छ ।

तीन दिनसम्म संचालन हुने प्रतियोगितामा एथलेटिक्स,भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसु खेल बिधामा जिल्लाका दस स्थानीय पालिकाका खेलाडीबिच कडा प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *