काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारको परिसूचक नेप्से १८.१४ अंक घटेको छ । बिहिबार घटेपछि नेप्से २६३५ मा कायम भएको छ ।
बजारको परिसूचक घट्दा कारोबार रकम भने बढेको छ । आज ७ अर्ब ३० करोड ५३ लाख ४२ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख २३ हजार ३७९ कित्ता शेयर कारोबार भएको छ ।
जम्मा ५५ कम्पनीको मूल्य बढ्दा १८० को घट्यो भने ७ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह ०.९९ प्रतिशत बढ्दा अरु सबै सेक्टर घटे । फाइनान्स २.९३ प्रतिशत घट्यो ।
बैंकिङ ०.४३, विकास बैंक २.०४, हाइड्रोपावर ०.३८, लगानी ०.३७, जीवन बीमा १.१४, उत्पादन ०.८६, माइक्रोफाइनान्स १.२५, निर्जीवन बीमा ०.३४, अन्य ०.४४ र व्यापार ०.७४ प्रतिशत घटे ।
दुई हाइड्रोपावर कम्पनी बाराही र हिमालयन पावर पार्टनरको मूल्य १० प्रतिशत बढ्यो । रिभरफल्स पावरको ८.१९, न्यादीको ८.११ प्रतिशत मूल्य बढ्यो । सप्तकोशी विकास बैंकको ९.२३, मायाखोला हाइड्रोपावरको ८.४, सामुदायिक लघुवित्तको ७.४, जानाकी फाइनान्सको ६.०५ तथा पोखरा फाइनान्सको ५.६ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा सुपरमादी हाइड्रोपावर, सप्तकोशी विकास बैंक, सिन्धु विकास बैंक, हिमालयन पावर पार्टनर र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।
